पिरतीमा यस्तै हुन्छ चुल्बुल चुल्बुल

पिरतीमा यस्तै हुन्छ चुल्बुल चुल्बुल मन भित्र कुरा खेल्ने खुल्दल खुल्दुल रिसाउछौ घुर्की लाउछौ किन सताउछौ मात्तिएको जवानी लाई झनै मताउछौ

पिरतीमा यस्तै हुन्छ चुल्बुल चुल्बुल
पिरतिको जाल बुनी जादु चलाउ कि
तिमिलाई कर्के कर्के नजर लगाउ कि

पिरतीमा यस्तै हुन्छ चुल्बुल चुल्बुल
मन भित्र कुरा खेल्ने खुल्दल खुल्दुल

रिसाउछौ घुर्की लाउछौ किन सताउछौ
मात्तिएको जवानी लाई झनै मताउछौ

रिसाउछु माया गरि तिम्ले फकाउनु
सधै भरी माया गरि मलाई सताउनु

नछुटाउनु पिरतीको डोरी बाटेको
नबिर्सिनु दुई दिल हाम्ले साटेको

छोडी दिए दुनियाँ तिम्लाई रोजौंला
सन्सारका सारा खुसी मिली खोजौंला