सम्बन्ध

मनको भावनाहरू जलिरहेछ मन तड्पिरहेछ तन् सौभाग्य हेर यस्तै रहेछ मेरो जीवन।

सम्बन्ध
हरेक मानिसलाई जोड्ने चिनारी सम्बन्ध रहेछ
यहीँ सम्बन्ध नै मानिसहरुको बीचमा मिठासपन भएछ,
मान्छेलाई सम्बन्ध लगाएर नै मानिसहरुको भीडमा चिनाइन्छ रे
हामी बीचको सम्बन्धलाई के उपनाम दिएर चिनाउ,
तिमी भन्छौ हामी बीचमा के छ र सम्बन्ध त्यस्तो
अरुसँगको मुस्कान तिम्रो, हेराइ तिम्रो तर किन दुख्छ मन चस्सै मेरो,
बिना सम्बन्धको हाम्रो यात्रा कहाँ सम्म पुग्छ होला
त्यसैले यो यात्राको विश्राम यहीँ पो गर्ने होकी,
तर मेरो मन भन्छ, सम्बन्ध जोड्नको लागि हो
ताकि भएको यहीँ सम्बन्ध पनि तोड्नको लागि होइन,
मानिसलाई जल्न जलाउन चाहिदैन रे लाइटर सलाई
मात्र मेरै छेउमा बसी मुस्कुराउँदै गरेँउ अरू कसैको भलाई।
मनको भावनाहरू
जलिरहेछ  मन
तड्पिरहेछ तन्
सौभाग्य हेर
यस्तै  रहेछ मेरो जीवन।