डाहसित खाएको चौरासी ब्यन्जनभन्दा प्रेमसित खाएको सागपात असल हो।
तातो रिसले झगडा निम्त्याउँछ तर
धीरजले झगडालाई मेटाउँछ।
बुद्धिमान छोराले बाबुलाई खुसी बनाउँछ
तर मुर्खले आफ्नी आमाको अनादर गर्छ।
निर्बुद्धिलाई मुर्खताले खुसी पार्छ तर
समझशक्ती भएको मानिस सिधै आफ्नो लक्षतिर लम्कन्छ।
परामर्श बिनाको योजना बिफल हुन्छ तर
धेरै सोचेर गरेको काम सफल हुन्छ।।